काठमाडौं २१, काठमाडौं । गत वर्ष भारतले गरेको ५ महिना लामो नाकाबन्दीका बेला पेट्रोलियम आपूर्तिका वैकल्पिक योजना अघि सारिए पनि तीमध्ये अधिकांश योजना अलपत्र छन् ।
आपूर्ति मन्त्रालयले नाकाबन्दीको समयमा पेट्रोलियम भण्डारण क्षमता विस्तार, व्यवस्थित वितरणमा ग्यास कार्ड र चीनसँग पेट्रोलियम पदार्थ आयत गर्नेजस्ता सुधारात्मक योजना बनाएपनि कार्यान्वयनमा आउन सकेको छैन् ।
भारतले गरेको नाकाबन्दीबाट पाट सिक्नुपर्ने भन्दै तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले कम्तीमा १० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण निर्माण गर्ने, असहज अवस्थाको बेलामा ग्यास कार्डमार्फत तथा सफ्टवेयरमार्फटत पेट्रोलियम पदार्थ वितरणको व्यवस्था गर्नुका साथै चीनबाट दीर्घकालका लागि पेट्रोलियम पदार्थ आयात गर्ने योजना बनाएका थियो । यी योजनाहरु अलपत्र अवस्थामा छन् । कारोबार दैनिकबाट ।