काठमाडौं । एसीसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रन बनाउँदै ३११ रनाको लक्ष्य दिएको हो ।
नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे । विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मदद्तमा १०८ रन बनाए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।