जापानमा कामदार पठाउन भाषा कक्षा सञ्चालन गर्दै धुलिखेल नगरपालिका

<p>काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले जापानिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ । नगरवासीलाई जापानमा कृषि कामदार पठाउन भाषा तालिम सञ्चालन गर्ने भएको हो । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै जापानिज भाषा सिक्न चाहने इच्छुक विद्यार्थीहरूलाई अन्तर्वार्ताको लागि बोलाएको छ । नगरपालिकाले जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गरेर सो भाषा कक्षा सञ्चालन गर्ने भएको हो [&hellip;]</p>

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले जापानिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ । नगरवासीलाई जापानमा कृषि कामदार पठाउन भाषा तालिम सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै जापानिज भाषा सिक्न चाहने इच्छुक विद्यार्थीहरूलाई अन्तर्वार्ताको लागि बोलाएको छ । नगरपालिकाले जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गरेर सो भाषा कक्षा सञ्चालन गर्ने भएको हो ।

निकट भविष्यमा कृषि एवं पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न तथा प्रविधि मैत्री बनाउनका लागि गुणस्तरीय जापानी भाषा (एन-फो लेभल) तथा आवश्यक सीप सिकाइने सूचनामा उल्लेख छ । नगरपालिकाका अनुसार जापानिज भाषा कक्षा ६ महिना सञ्चालन हुनेछ ।

सो समयपछि परीक्षा र सीप परीक्षणबाट उत्तीर्ण भएका प्रशिक्षार्थीहरूलाई जापान पठाइने धुलिखेल नगरपालिकाको रोजगारी शाखाका विनोद सापकोटाले बताए । जापानिज भाषा कक्षामा समावेश हुँदा शुल्क पनि लाग्ने छ। सापकोटाका अनुसार महिनाको ३ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ ।

नगरपालिकाले जापानिज भाषाको कक्षा धुलिखेलका महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गर्ने भएको छ । महिलाहरूलाई पहिलो प्राथमिकता दिएर कक्षा सञ्चालन हुने पनि  सापकोटा बताए । उनका अनुसार भाषा उत्तीर्ण भएका २० जना महिलालाई जापान पठाइने छ ।

‘हामीले यहाँबाट जापान पठाई सकेपछि त्यहाँको नवीनतम प्रविधिहरूमा अभ्यस्त गराई नेपाल फर्केपछि धुलिखेल नगरपालिका भित्र प्रविधिहरूको प्रयोग गरी व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ, इच्छुक तथा तोकिएको सीमा भित्र पर्ने नगरपालिका भित्रका महिलाहरूका लागि जापानी भाषा कक्षा सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।

Share News