‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयनकै चरणमा छ : सहसचिव काप्री

<p>काठमाडौं । ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयनै प्रकृयामा रहेको शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखाका प्रमुख कृष्णप्रसाद काप्रीले बताएका छन् । विकासन्युजसँग कुरा गर्दै सहसचिव काप्रीले सो बताएका हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयलाई ठाडो निर्देशन दिएको भन्दै प्रकाशित विषयमा कुनै सत्यता [&hellip;]</p>

काठमाडौं । ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयनै प्रकृयामा रहेको शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखाका प्रमुख कृष्णप्रसाद काप्रीले बताएका छन् । विकासन्युजसँग कुरा गर्दै सहसचिव काप्रीले सो बताएका हुन् ।

पछिल्लो समयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयलाई ठाडो निर्देशन दिएको भन्दै प्रकाशित विषयमा कुनै सत्यता नभएको सहसचिव काप्रीले बताएका छन् । उनका अनुसार मन्त्रालयले सो निर्देशिकालाई कार्यान्वयनको प्रकृयामा लगिसकेको र बिदेशी मुद्रा सटही सम्बन्धी केही प्राविधिक समस्याका कारण मात्रै ढिलाई भएको बताए ।

सहसचिव पार्कीले निर्देशिका परामर्श व्यवसायीसँग सम्बन्धित नभएको र विद्यार्थी विदेश अध्ययन जाने प्रकृयालाई व्यवस्थित बनाउनका लागि मात्रै ल्याइएको समेत बताएका छन् । ‘हामीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजेको र विशेषगरी वैदेशिक मुद्रा सटहीलाई पनि अनलाइनमा नै ल्याउन खोजेको हो’, उनले भने, ‘राष्ट्र बैंक र बैंकहरुको तयारीमा केही ढिलाई भएको मात्रै हो ।’

त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि कुनै व्यवसायीहरुले प्रधानमन्त्रीसँग नभेटेको र निर्देशिका सम्बन्धी कुनै निर्देशन दिएको विषय थाहा नभएको बताए ।

Share News