अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीको लागि सुरु गर्यो ब्रिज कोर्स

<p>काठमाडौं । शिक्षा परामर्शदाता अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । अल्फाबिटाले एसईई दिएर नेपालकै कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रम नेपालका उत्कृष्ट कलेजहरूद्वारा सञ्चालन हुने कठिन प्रवेश परीक्षाका लागि विद्यार्थीहरूलाई तयार पार्ने गरी डिजाइन गरिएको अल्फाबिटाले जनाएको छ [&hellip;]</p>

काठमाडौं । शिक्षा परामर्शदाता अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । अल्फाबिटाले एसईई दिएर नेपालकै कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको हो ।

यो कार्यक्रम नेपालका उत्कृष्ट कलेजहरूद्वारा सञ्चालन हुने कठिन प्रवेश परीक्षाका लागि विद्यार्थीहरूलाई तयार पार्ने गरी डिजाइन गरिएको अल्फाबिटाले जनाएको छ ।

अल्फाबिटाको अनुसार १० हप्ताको यो कोर्सले विद्यार्थीहरूको शैक्षिक सीपहरू बढाउन र कलेज प्रवेश परीक्षाको लागि तयारी गर्ने अवसर प्रदान गर्नेछ ।

अल्फाबिटाका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले आफुहरुले एसईई स्नातकहरूले आफ्नो मनपर्ने कलेजहरूमा भर्ना हुनको लागि प्रवेश परीक्षाको तयारी गर्दा सामना गर्ने चुनौतीहरू बुझेको बताए ।

‘हाम्रो ब्रिज कोर्स कार्यक्रम विद्यार्थीलाई यी चुनौतिहरु पार गर्न र मनपर्ने कलेजमा भर्ना हुनको लागि शैक्षिक लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले सुरु गरेका छौं,’ उनले भने ।

अल्फाबिटाले कोर्सको लागि दर्ता गर्ने पहिलो १०० विद्यार्थीहरूलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्द शर्माले जानकारी दिए ।

Share News