सेयर बजारमा सामान्य अंकको सुधार, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं, १८ कात्तिक । लगातार ६ दिनसम्म बन्द भएर खुलेको सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । सो दिन बजारमा निकै उतार चढाव देखिएको छ । बजार खुलेको एक घण्टामा घटेर १७५३ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४८ अंकले बढेर १७६२ [&hellip;]</p>

nepse_thursday_indexकाठमाडौं, १८ कात्तिक । लगातार ६ दिनसम्म बन्द भएर खुलेको सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । सो दिन बजारमा निकै उतार चढाव देखिएको छ । बजार खुलेको एक घण्टामा घटेर १७५३ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४८ अंकले बढेर १७६२ मा पुगेको छ ।
बिहीबार ५३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोही दिन १२१ कम्पनीको ८७ लाख कित्ता सेयर कारोबार भएको हो ।
nepse_thursday_chart
बजारमा सबैभन्दा बढी सिभिल बैंकको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, छिमेक लघुवित्तिक विकास बैंकको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

nepse_thursday_gainers

सो दिन एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, भिवोर सोसाइटी विकास बैंक र सिर्जना फाइनान्स (वित्तिय संस्था) का लगानीकर्ताले क्रमशः ८.९८ र ७.८८ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् ।

बजारमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २५ अंकले उकालो लागेको छ । त्यस्तै, बैंक र फाइनान्स समूह सामान्य अंकले बढेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ३१ अंकले घटेको छ । त्यस्तै, अन्य समूह, होटल र हाइड्रोपावर समूह क्रमशः ९, ७ र ६ अंकले घटेका छन् ।

Share News