बैंक ठूला बन्दै, जिम्मेवारी नयाँ पुस्तामा सर्दै

<p>काठमाडौं, १८ कात्तिक । एनएमबी बैंकले आगामी चैत १ देखि लागू हुनेगरि प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त गर्यो । यस बैंकमा विगत १७ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपेन्द्र पौडेल करिव ४ महिनापछि विदा हुँदैछन् । एक वर्षअघि चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको यो बैंक अहिले साढे चार अर्ब रुपैयाँको छ र [&hellip;]</p>

सुनिल केसी

सुनिल केसी

काठमाडौं, १८ कात्तिक । एनएमबी बैंकले आगामी चैत १ देखि लागू हुनेगरि प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त गर्यो । यस बैंकमा विगत १७ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपेन्द्र पौडेल करिव ४ महिनापछि विदा हुँदैछन् । एक वर्षअघि चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको यो बैंक अहिले साढे चार अर्ब रुपैयाँको छ र एक वर्षभित्र चुक्ता पुँजी ८ अर्बको बैंक बन्दैछ ।

बैंकको पुँजी, व्यवसाय, जोखिम, दाहित्व बढ्दै गर्दा यस बैंकले १७ वर्षसम्म कार्यकारी प्रमुख भएर काम गरेको अनुभवी व्यक्तिलाई विदा गरेपछि डेपुटी प्रमुख कार्यकारी अधिकृत (सेकेण्ड म्यान) लाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्यो ।

एनएमबीले जस्तै माछापुच्छ्रे बैंकले पनि ग्लोबल आईएमई बैंकबाट डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरी बसेको निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए । निर्वतमान कार्यकारी प्रमुख

निरज श्रेष्ठ

निरज श्रेष्ठ

तुलसीराम गौतमको चार वर्षको कार्यकालमा बैंकको नतिजा राम्रो देखिए पनि बैंक सञ्चालन समितिले सर्वसहमतिमा नयाँ अनुहार छान्यो । एक वर्ष अघिसम्म २ अर्ब ९६ करोड चुक्ता पुँजी भएको यो बैंक एक वर्षभित्र ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्दैछ ।

चार वटा विकास बैंकहरुलाई आफूमा गाभ्दै गरेको एनसीसी बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो । यसअघि उनी सोही बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । एक वर्ष अघिसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकले पनि एक वर्षमा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउँदैछ ।

एनआईसी बैंक र अफ एशिया मर्ज भई बनेको एनआईसी एशिया बैंकले सशीन जोशीको कार्यकाल सकिएपछि सेकेण्ड

रमेशराज अर्याल

रमेशराज अर्याल

म्यान लक्ष्मण रिसाललाई फष्ट म्यानको जिम्मेवारी दिइयो । प्रभु विकास बैंक र तत्कालिन किष्ट बैंक मर्जभई प्रभु बैंक बन्यो । मर्जभएको छोटो समयपछि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए अशोक शेरचनले । उमेरका हिसावले वाणिज्य बैंकहरुमा कान्छो सीईओको रुपमा उनको चर्चा पनि भयो ।

पछिल्लो समयमा सेन्चुरी कमर्शियल बैंकका अनुजराज तिमल्सिना, सानिमा बैंकमा भुवन दाहाल र कुमारी बैंक (कामु)मा राजीव गिरीले पहिलो पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए ।

पछिल्लो समयमा बैंकहरुको पुँजी वृद्धि, कर्जा तथा निक्षेप वृद्धिसँगै बैंक सञ्चालन जोखिम पनि बढ्दै गएको छ । यहि समयमा

लक्ष्मण रिसाल

लक्ष्मण रिसाल

पुराना र अब्बल बैंकर्सहरुले भटाभट अवकाश पाउन थालेको छ । यतिबेला बैकिङ क्षेत्रमा राम्रो ख्याती कमाएका तुलसीराम गौतम, सोभनदेव पन्त, कृष्णप्रसाद शर्मा, अमृतचरण श्रेष्ठ, परशुराम कुँवर क्षेत्री जस्ता बैकर्स अवकाश प्राप्त जीवन बिताईरहेका छन् ।

बैंकमा नयाँ सीइओ आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् नेशनल बैकिङ इन्स्टिच्यूतका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा । ‘एउटै व्यक्ति एउटै पदमा ४ वर्ष वा ८ वर्ष बस्दा पुग्छ । १२ वर्षभन्दा बढी बस्नु राम्रो हुँदैन । लामो समय एउटै पदमा बस्न हुँदैन भनेर सोभनदेव पन्तले छोड्नु भयो, उपेन्द्र पौडेलले छोड्दै हुनुहुन्छ । यो राम्रो अभ्यास हो’ सुब्बा भन्छन्–‘वाणिज्य बैंकहरुमा प्रमुख कार्यकारी अधिकृत पदमा जो जो नयाँ व्यक्ति आउनु भएको छ, उहाँहरु सोही पदमा नयाँ भए पनि बैकिङ प्रोफेशनमा २०/२५ वर्ष अनुभवी भएकोले उहाँहरुले बैंकलाई सफल नेतृत्व दिन सक्छन् ।’

अशाेक शेरचन

अशाेक शेरचन

करिब दुर्इदशक बैकिङ क्षेत्रमा काम गरेको व्यक्तिले वाणिज्य बैंकको सीइओ जिम्मेवारी लिँदा उनीहरुको प्रर्फमेन्स पनि राम्रो देखिएको जानकारहरु बताउँछन् ।  बैंक व्यक्तिले चलाउने नभई सिस्टममा चल्ने संस्था भएकोले सिस्टम चलाउने टिमको क्षमता विकासमा सीईओ र सञ्चालक समितिले ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘बैकिङ क्षेत्रको जनशक्ति विकासमा हामी एक दशक पछाडि परेका छौं । कर्मचारीलाई तालिम दिने र क्षमता विकास गराउने तर्फ ध्यान गएको छैन’ उनी भन्छन्–‘मौद्रिक नीतिमा कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम बराबर कर्मचारीको क्षमता विकास गर्न तालिममा खर्च गर्नुपर्छ भनेको छ । तर त्यो रकम तालिमको नाममा विदेश भ्रमणमा र पिकनिकमा खर्च गर्न सक्छन, तालिममा ध्यान दिएका छैनन् ।’

Share News