सोलारबाट २१ हजार मेगावाट बिजुली, ४५ मेगावाटका सैर्या प्लान्ट मार्फत ७ लाख घरमा बिजुली सुविधा

<p>काठमाडौं १८, कात्तिक । सरकारले जलविद्युत उत्पादन सम्भाव्यता अध्ययन गरिरहेको बेला सौर्य उर्जाबाट मात्र २१ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ। बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले गरेको अध्ययनबाट यस्तो देखिएको समाचार विहिबारको नागरिक दैनिकमा छापिएको छ। उक्त अध्ययन अनुसार देशभर ३ सयभन्दा बढी दिन वार्षिक औसत साढे ४ घण्टा घाम लाग्ने पारिला ठाउँ पत्ता [&hellip;]</p>

काठमाडौं १८, कात्तिक । सरकारले जलविद्युत उत्पादन सम्भाव्यता अध्ययन गरिरहेको बेला सौर्य उर्जाबाट मात्र २१ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ। बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले गरेको अध्ययनबाट यस्तो देखिएको समाचार विहिबारको नागरिक दैनिकमा छापिएको छ।solar_distribute

उक्त अध्ययन अनुसार देशभर ३ सयभन्दा बढी दिन वार्षिक औसत साढे ४ घण्टा घाम लाग्ने पारिला ठाउँ पत्ता लागेका छन्। सम्भावना देखिएकाले सोलाबाट विद्युत उत्पादन गर्न पनि सरकारले पहल गर्नुपर्ने केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए।

केन्द्रका अनुसार अहिलेसम्म ४५ मेगावाटका सैर्या प्लान्ट जडान भई ७ लाख घरमा सुविधा पुगेको छ। देशका विभिन्न स्थानमा करिब २ सय कम्पनीले सौर्य उर्जा जडान तथा मर्मतको काम गर्दै आएका छन्।
सरकारले महानगरपालिका,उपमहानगरपालिकामा सोलार प्लान्ट जडान गर्न ८० लाख रुपैयाँभन्दा बढी नहुनेगरी ४० प्रतिशतसम्म अनुदान दिने नीति ल्याएको छ। यस्तै नगरपालिकामा ६० लाख रुपैयाँमा नबढ्नेगरी ६० प्रतिशत , नगरोन्मुख गाविसमा ४० लाख नबढ्नेगरी ७० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्याएको छ।

Share News