भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम, उडान तथा अवतरणमा तीन घण्टासम्म होल्ड

<p>काठमाडौं १८, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो। आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको समाचार विहिबारको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। विमानस्थलमा एउटामात्र धवनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा [&hellip;]</p>

काठमाडौं १८, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो।

भैरहवामा निर्माण भइरहेको अन्तर्राष्टिय विमानस्थलको स्केच
आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको समाचार विहिबारको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विमानस्थलमा एउटामात्र धवनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि एउटै रुट र दैनिक दुइसयभन्दा बढी उडान विमानस्थलले थेग्न नसक्दा यस्तो वातावरण उत्पन्न भएको अधिकारीहरुले बताएका छन्।

यद्यपी तीन दिन अगाडि नै उडान प्रभावित हुने सुचना जारी गरिसकेकोले धेरै ठुलो प्रभावन नपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। उक्त कारणले कतिपय आन्तरिक उडान रद्ध भएका थिए भने अन्तर्राष्ट्रिय उडान तथा अतवरण ढिला भएको थियो।

Share News