ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण, चार लाख रुपैयाँ लगानी

<p>गोरखा, १७ कात्तिक । गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् । पाँच/पाँच हजार रुपैयाँका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए । अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा [&hellip;]</p>

गोरखा, १७ कात्तिक । गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् । पाँच/पाँच हजार रुपैयाँका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए ।

अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पुर्याएको थियो । ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भएपछि गाउँ उज्यालो भएको गुरुङको भनाइ छ । उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको हो ।

विद्युत् सुचारु भएपछि गाउँले खुसी छन् । कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ । त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । विद्युत् अवरुद्ध हुँदा मट्टितेल बाल्नुपर्ने बाध्यता थियो भने केही गाउँलेले सल्लाको दियालो बाल्ने गरेका थिए ।

चार लाख रुपैयाँ लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो । जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन् । भूकम्पले क्षति पु¥याएका ३० भन्दा बढी लघुजलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । रासस

Share News