काठमाडौं, १४ कात्तिक । हरेक मानिसको चाहना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास गरुन्, आर्थिक स्थिति राम्रो होस्, व्यक्तिले सबै सुख भोग गर्न सकोस् । यी सबै कुरा प्राप्त गर्नको लागि हिन्दुधर्मालम्बीहरुले हरेक वर्ष कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य तथा समृद्धिकी देवी लक्ष्मीको पूजा तथा आरधना छ । धनधान्य तथा सुखसमृद्धिकी देवी लक्ष्मीको पूजा तथा उपासना गर्दा घरमा धन सम्पत्ति वृद्धि हुनका साथै सुखसमृद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ ।

परम्परादेखि तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाउने प्रचलन छ । आजका दिन घर वरिपरि सर–सर्फाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारेर लक्ष्मीको आव्हान गरिन्छ । यस दिन लक्ष्मीमातालाई मन पर्ने जटा नरिवल, कमल तथा गुलावको फूल, विभिन्न फलफूल तथा पक्वान, सौभाग्यका सामन, कौडा तथा चाँदी तथा चाँदीबाट बनेका भाडाकुडा चढाउने प्रचलन छ ।
विविध धर्मशास्त्रअनुसार दिपावलीको रात माता लक्ष्मी रातभर पृथ्वीमा भ्रमण गर्नु हुन्छ । त्यसैले यस दिन लक्ष्मी कृपा भयो भने वर्ष भरि कहिल्यै खल्ती रित्तो हुँदैन । ज्योतिष विद्यांका अनुसार माता लक्ष्मीलाई खुसी राख्न तथा उहाँको कृपा प्राप्त गर्न, मानसिक पारिवारिक क्लेश, भूतप्रेतको वाधा आदि वाट छुट्कारा प्राप्त गर्न विशेष ध्यान दिनुपर्छ ।
यस दिन यी सात ठाउँमा दीप बाल्दा धनलाभ हुने
घरमा जहाँ लक्ष्मी माताको पूजा आजा गरिन्छ, त्यहाँ दीप बाल्नु पर्छ र दीप रात भरि बालिराख्नु पर्छ निभ्नु हुँदैन् ।
ड्ड धनको कामना पूरा गर्नका लागि मूल ढोकाको बाहिर दुईवटा दियो बाल्नु राम्रो मानिन्छ ।
यदि धन सम्पत्तीको बहुतै समस्या भएको भय पिपलको फेदमा दीपावलीको राती दियो बाल्नु फलदायी मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने दीप जलाएर हिडे पछि पछाडि फर्केर हेर्नु हुँदैन ।
घरको आसपासको खाली चौरमा दिपावलीको दिन रातको समय दिप जलाउदाँ पैसाको समस्या पर्दैन ।
घरको आसपासको मन्दिरमा लक्ष्मी पूजाको दिन दिप बाल्दा सबै देवीदेवताको कृपाका साथै परिवारिक क्लेश हट्ने छ र मानशिक तनावबाट छुट्कारा मिल्छ ।
वेलपत्रको फेदमा यस दिन दीप जलाउँदा भगवान शिव खुसी लक्ष्मी प्राप्त हुनका साथै मानिसका जीवनमा आउने हरेक प्रकारका दुःख हटेर जानेछ ।
यदि घर तथा कुनै मानिसको जीवनमा भूत प्रेतको समस्या छ भने दिपावलीको दिन मसान घाटमा पित्रृका नाममा बत्ती बाल्दा भूत प्रेतको भयबाट छुट्कारा मिल्नेछ ।
मूलढोकामा यी सात चिज राख्दा वर्षभरि धनको लाभ हुने
वास्तवमा वास्तुशास्त्र अनुसार मूलढोकालाई महत्वपूर्ण मानिन्छ । यसै कारणले दिपावलीमा मूल ढोका सर–सफाइ तथा सजावट गरी दिप बाल्ने प्रचलन छ । मूलढोकामा यी चिजहरु राख्दा माता लक्ष्मी कृपा प्राप्त हुनेछ ।
दिपावलीको दिन राम्रो कलशमा शुद्ध जल भरेर कलशलाई सजाएर कलशलाई मूल ढोकाको पूर्व दिशा वा उत्तर दिशमा राख्दा घरको मूल मान्छेलाई लाभदायक हुन्छ ।
दिपावलीको समय घर वा व्यवसायिक स्थलको मूलढोकामा पूर्ण रुपले सजिएको तोरन ( पिपल, आप, अशोकको पात) लगाउँदा लाभदायक हुन्छ । यसले गर्दा घरभित्र भएका नकारात्मक ऊर्जा नष्ट हुने जनविश्वास रहि आएको छ ।
दिपावलीको दिन घर वा व्यवसायिक संस्थाको मूल ढोकामा चाँदीको स्वातिक बनाउनु पूर्ण फलदायक मानिन्छ । वास्तुका अनुसार यसो गर्दा घरमा कुनै प्रकारको दुःख विरामी हुनेछैन । यदि यो गर्न नसके कुमकुम (अविर) बाट पनि स्वातिक बनाउन सकिन्छ ।
दिपावलीका दिन घर वा व्यवसायिक स्थलको मूलढोकामा माता लक्ष्मीको पाइला बनाउनु धेरै लाभदायक मानिन्छ । लक्ष्मीमाताको पाइलाको छाप भने भित्र फर्किएको हुनु पर्दछ ।
दिपावलीको दिन घर वा व्यवसायिक स्थलको मूलढोकाको माथि माता लक्ष्मी कमलको फूलमाथि विराजमान भएको फोटो लगाउनु धेरै लाभप्रद हुनका साथै परिवारमा सुख र समृद्धि बढ्छ ।
विधिवत लक्ष्मी पूजा गर्नको लागि आवश्यक सामग्री
सुख र समृद्धीकी देवी महालक्ष्मीको मूर्तिलाई स्नान गर्नका लागि तामाको पात्र, तामाको लोटा, जलको कलश, दूध, वस्त्र र आभूषण तयार गर्नु पर्दछ । त्यस्तै चामल, दियो, तेल, धूपबत्ती र अष्टगन्ध तयार पार्नुपर्छ । गुलाबका फूलहरू ल्याउनुस् । प्रसादका लागि फल, दूध, मिठाई, नरिवल, पञ्चामृत, सुक्खा मेवा, सक्खर, पान र दक्षिणा छुट्याउनु पर्छ ।
लक्ष्मी पूजा गर्ने विधि
कुनै पनि शुभकार्य शुरू गर्नुअघि श्री गणेशको पूजा गर्नुपर्छ । भगवान गणेशलाई स्नान गराइ वस्त्र अर्पण गनुपर्दछ । चन्दन, पुष्प र अक्षता पनि चढाउनुस् । त्यसपछि देवी लक्ष्मीको पूजा शुरू गर्नुपर्छ । देवीको प्रतिमामा उहाँको आव्हान गरी आसन भगवतीलाई बसाल्नु पर्छ । स्नान गराउँदा पहिला जल अनि पञ्चामृत अनि फेरि जलले स्नान गराउनु पर्दछ ।
त्यसपछि माता लक्ष्मीलाई वस्त्र अर्पण गर्नु पर्दछ । अनि आभूषणहरू लगाइ फूलको माला पहिराइ दिनुपर्छ । सुगन्ध अर्पण गर्दै तिलक लगाइदिनु पूजा गर्दा उपयुक्त मानिन्छ । । अनि धूप र दीपले आरती बाल्नु पर्दछ ।
माता लक्ष्मीलाई गुलाब र कमलको फूल धेरै मन पर्छ । त्यो फूल चढाउन भुल्नु हु्रँदैन । त्यस्तै बेलपत्र चढाउँदा पनि लक्ष्मीमाता प्रसन्न हुनुहुन्छ । ११ वा २१ अक्षता गेडा चामल अर्पण गर्नुस् । श्रद्धानुसार घिउ वा तेलको दियो बाल्नुस् । आरती गरी देवीको प्रतिमालाई परिक्रमा गर्नु पर्दछ । अब नैवेद्य अर्पण गर्नु पर्दछ । महालक्ष्मी पूजा अवधिभरि ऊँ श्री महालक्ष्म्यै नमः भनी जप गर्नु पर्दछ ।
लक्ष्मीको वीच मन्त्र
ॐ ह्रीं श्रीं लक्ष्मीभयो नमः।।
लक्ष्मीको गायत्री मन्त्र
ॐ श्री महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ॐ।।
महालक्ष्मी मन्त्र
ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नमः।।