काठमाडौँ , १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।
त्यसैगरी गुल्मी बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूतमा नियुक्त गरेकी हुन् । राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस