सांस्कृतिक साँझको आयोजना गर्दै ‘खुकुरी एक्स’, प्रवेश शुल्क एक हजार रुपैयाँ

<p>काठमाडौं । खुकुरी एक्स कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । खुकुरी एक्सले परम्परागत संस्कृतिलाई लक्षित गर्दै सो साँझको आयोजना गर्ने भएको हो । खुकुरी एक्सले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक महोत्सवको आयोजनाको गर्ने जानकारी दिएको छ । खुकुरी एक्सले यही चैत ३० गते सांस्कृतिक साँझको आयोजना [&hellip;]</p>

काठमाडौं । खुकुरी एक्स कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । खुकुरी एक्सले परम्परागत संस्कृतिलाई लक्षित गर्दै सो साँझको आयोजना गर्ने भएको हो ।

खुकुरी एक्सले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक महोत्सवको आयोजनाको गर्ने जानकारी दिएको छ ।

खुकुरी एक्सले यही चैत ३० गते सांस्कृतिक साँझको आयोजना गर्ने खुकुरी एक्स इन्टरटेनमेन्ट इभेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश थपलियाले जानकारी दिए । उनका अनुसार ३० गते हुने ‘न्यु इयर इभ २०८०’ लाजिम्पाटको मल्ल होटलमा हुँदैछ ।

सीईओ थपलियाका अनुसार कार्यक्रम बेलुका ५ बजेदेखि राति २ बजेसम्म हुनेछ । यो साँझले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास आयोजक टिमल लिएको छ ।

खुकुरी एक्स कम्पनीको कार्यक्रममा प्रवेश शुल्क पनि लाग्ने छ । थपलियाका अनुसार प्रवेश शुल्क एक हजार रुपैयाँ छ । त्यसमा नेवारी समुदायको रक्सीको चुस्किको व्यवस्था पनि मिलाइएको छ ।

‘न्यु इयर इभ २०८०’ मा लगभग २५ सय मान्छेको उपस्थिति हुने पनि थपलियाले बताए । सो साँझमा ७ वटा विभिन्न नामक ब्यान्डले प्रस्तुति दिने छन् । दिपक बज्राचार्य, परिवर्तन, डान्स, डिजे लगायतको टिमले प्रस्तुति दिने छन् । साथै कालभैरवको पनि नाच रहेको छ ।

‘यो साँझ एकदमै रमाइलो हुन्छ, नेपालको परम्परा झल्काउने छ, हामी अङ्ग्रेजी नयाँ वर्षमा जसरी रमाइलो गर्दै आएका छौं, नेपाली नयाँ वर्षमा पनि त्योभन्दा बढी रमाइलो गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेका हौं,’ उनले भने ।

Share News