काठमाडौं । काठमाडौं महानगरिपालिकाले विद्यालय आफैले किताब र स्टेशनरी बेच्न नपाउने बताएको छ । आइतबार एक सूचना जारी गर्दै महानगरले यस्तो बताएको हो ।
महानगरले विद्यालयहरु आफैले पाठ्यपुस्तक तथा स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको जनाएको छ ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) मा यस्तो व्यवस्था रहेपनि विद्यालयहरुले अभिभावक र विद्यार्थीलाई तोकिएको ठाउँबाट किताब, स्टेशनरीर ड्रेस किनाउन लगाइरहेमा आपत्ती जनाएको छ ।
महानगरले यस्ता गुनासो नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका पालन गर्न अुनरोध गरेको छ ।