लुम्बिनी जनरल इन्स्योरेन्सले १९ प्रतिशत लाभांश दिने, पूँजी ३९ करोड रुपैयाँ पुग्ने

<p>काठमाडौं, १२ कात्तिक । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १९ दशमलब १४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १८ दशमलब १८२ प्रतिशत बोनस र ०.९६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको [&hellip;]</p>

lumbini_general_insकाठमाडौं, १२ कात्तिक । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १९ दशमलब १४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १८ दशमलब १८२ प्रतिशत बोनस र ०.९६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३३ करोड १२ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३९ करोड १५ लाख रुपैयाँ पुग्ने छ । बिहीबार कम्पनीको प्रत्तिकित्ता सेयर करिब १८४४ रुपैयाँमा कारोबार भएको थियो ।

Share News