नागबेली लघुवित्तले ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं, १२ कात्तिक । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ६० प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल बैंकको चुक्ता पूँजी २ [&hellip;]</p>

काठमाडौं, १२ कात्तिक । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ६० प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

nagbeli_laghubitta

उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी २ करोड ५० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ४ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४४०० रुपैयाँमा कारोबार भएको थियो ।

Share News