चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ : धुव्र थापा

<p>काठमाडौं । नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको उम्मेदवार र एजेण्डा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । &#8216;चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ,&#8217; उनले भने, &#8216;व्यवसाय कसरी गरिरहेको छ, व्यवसाय कसरी [&hellip;]</p>

काठमाडौं । नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको उम्मेदवार र एजेण्डा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ,’ उनले भने, ‘व्यवसाय कसरी गरिरहेको छ, व्यवसाय कसरी हाँकिरहेको छ भन्ने विषयमा जानकार हुनु पर्छ ।’

उनले अन्जन श्रेष्ठको नेतृत्व उचाइ भएको र सबैको भावना बुझ्न सक्ने बताए । व्यवसाय छाडेर सडकममा पुगेको व्यवसायीको समस्या समाधानको लागस श्रेष्ठ उपयुक्त उम्मेदवार भएको उनको भनाइ छ ।

Share News