नेप्से परिसूचक ६ अंकले बढ्यो, चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं, ११ कात्तिक । बिहीबार सेयर बजारमा निकै उतार चढाव देखियो । कारोबार शुरु भएको केही बेरमै नेप्से परिसूचक ओरालो लागे पनि करिब २ घण्टा पछि विस्तारै उकालो लागेर १७६३ अंकमा पुगेको थियो । त्यस पछि फेरी सामान्य गिरावट आएको थियो । बजार बन्द हुँदा नेप्से ६ दशमलब ०९ अंकले बढेर १७५९ अंकमा रोकिएको छ [&hellip;]</p>

काठमाडौं, ११ कात्तिक । बिहीबार सेयर बजारमा निकै उतार चढाव देखियो । कारोबार शुरु भएको केही बेरमै नेप्से परिसूचक ओरालो लागे पनि करिब २ घण्टा पछि विस्तारै उकालो लागेर १७६३ अंकमा पुगेको थियो । त्यस पछि फेरी सामान्य गिरावट आएको थियो । बजार बन्द हुँदा नेप्से ६ दशमलब ०९ अंकले बढेर १७५९ अंकमा रोकिएको छ ।
nepse_thursday
बुधबारको तुलनामा नेप्से परिसूचक उकालो लागे पनि सेयर कारोबारमा भने गिरावट भएको छ । बुधबार ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने बिहीबार ६९ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन १३६ कम्पनीको १० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार करिब ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ९.८७, सिभील बैंकको ९.८० र सिर्जना फाइनान्स (वित्तिय संस्था) को ९.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सो दिन विकास बैंक, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः १८, १५, ८ र १ अंकले उकालो लागेका छन् ।बीमा, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः ४१, १५ र २ अंकले ओरालो लागेका छन् ।

Share News