जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी स्कुल पढाउनुपर्ने

<p>काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका भित्रका जनप्रतिनिधि शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । पालिकाले सूचना प्रकाशित गर्दै आगामी शैक्षिक शत्रदेखि गाउँपालिका भित्रका जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन भनेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा २२ बमोजिम विद्यालयमा कार्यरत शिक्षक र [&hellip;]</p>

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका भित्रका जनप्रतिनिधि शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । पालिकाले सूचना प्रकाशित गर्दै आगामी शैक्षिक शत्रदेखि गाउँपालिका भित्रका जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन भनेको छ ।

मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा २२ बमोजिम विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोरा, छोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा-८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको र सोही अनुसार पालिका स्तरीय निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Share News