काठमाडौं, १० कात्तिक । प्राइम कमर्सियल बैंकले २४ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २३ प्रतिशत बोनस सेयर एक दशमलब २१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्विकृिित तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । बैंकले हाल ३ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरिसकेको छ । सो निष्काशनका कारण बोनस सेयरको मात्रामा केहि फरक पर्न सक्ने पनि बैंकले जनाएको छ ।
प्राइमले चालु आवको पहिलो त्रैमासिकमा २५ करोड १० लाख नाफा कमाएको छ ।