दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडों, ९ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । मंगलबार नेप्से परिसूचक १७ दशमलब ८९ अंकले घटेर १७५१ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयर ७१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको [&hellip;]</p>

काठमाडों, ९ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । मंगलबार नेप्से परिसूचक १७ दशमलब ८९ अंकले घटेर १७५१ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयर ७१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।
nepse_tuesday1

दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सिभिल बैंकका लगानीकर्ताले ९.८० प्रतिशत र सिनर्जी फाइनान्सका लगानीकर्ताले ९.७० प्रतिशत कमाएका छन् । सिभिल बैंकको सेयर कारोबार आज बाट नै खुलेको हो ।

nepse_tuesdayसबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंक र माच्छापुच्छ«े बैंकको क्रमशः ५ र ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा कारोबार भएका ७ समूहहरु मध्ये अन्य समूह स्थिर रहेको छ भने बाँकी समूहकको परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३३ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र विकास बैंक समूह क्रमशः ३५, १९ र १७ अंकले ओरालो लागेका छन् । फाइनान्स र हाइड्रोपावर समूहको परिसूचक भने सामान्य अंकले घटेका छन् ।

Share News