राराका होटलमा बास पाउनै गाह्रो, पुवाधार नहुँदा पर्यटक पुगेपनि बासको समस्या

<p>काठमाडौं ९, कात्तिक । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटलसहित मुगुको ताल्चा विमानस्थलका होटल भरिभराउ हुन थालेका छन् । मंगलबारको कारोबारमा समचार छापिएको छ। रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरु भरिभराउ भएका हुन् । रारा ताल घुम्न दिनहुँ हवाई तथा [&hellip;]</p>

काठमाडौं ९, कात्तिक । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटलसहित मुगुको ताल्चा विमानस्थलका होटल भरिभराउ हुन थालेका छन् । मंगलबारको कारोबारमा समचार छापिएको छ।

रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरु भरिभराउ भएका हुन् । रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

मुगुका एकमात्रै पर्यटन व्यवसायी गोपाल बमको दुई दशक पुरानो होटल डाँफे

मुगुका एकमात्रै पर्यटन व्यवसायी गोपाल बमको दुई दशक पुरानो होटल डाँफे

रारा घुम्न आउने पर्यटकको संख्या पछिल्ला दिनमा निकै बढेपछि त्यसको चाप मुगुका होटलहरूले थाम्न सकेका छैनन् । रारा घुम्न आउने पर्यटकले न्यानो कपडा अन्य बन्दोबस्तीका सामान आफैं ल्याउने गरेको ‘भिजिट कर्णाली टुर्स एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्कीले बताए ।

हवाईजहाज, बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पर्यटकलाई बासस्थानको समेत समस्या हुने गरेको ताल्चा विमानस्थलका होटल व्यवसायी पूर्णादेवी बमले बताइन् ।

“एक्कासि पर्यटकको चाप निकै बढ्यो, पूर्व तयारी बिनै पर्यटकको चाप बढेकाले हामीले सेवा सुविधा दिन सकिरहेका छैनौं,” उनले भनिन् ।
रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोर्टमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक डेढ घन्टा टाढाको ताल्चा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका स्थानीय रामबहादुर बूढाले बताए ।

“रारा राष्ट्रिय निकुञ्जभित्र दुईवटा मात्र होटल छन्,” उनले भने, “रारा घुमेर टाढाको होटलमा बास बस्न जानु पर्यटकको बाध्यता छ ।”
पर्यटकको बसाइ लम्ब्याउन रारा वरपरका क्षेत्रमा सुविधासम्पन्न होटल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुंगा, साइक्लिङ तथा जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु प्रवद्र्धनको आवश्यकता रहेको स्थानीय नरबहादुर भामले बताए ।

Share News