माछापुच्छ्रे बैंकद्धारा भिसा डलर प्रिपेड कार्ड सेवा शुरु, दुई देशबाहेक अन्य मुलुकमा प्रयोग गर्न सकिने

<p>काठमाडौं, ८ कात्तिक । माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ । भुटान तथा भारत बाहेकका देशहरुमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा सम्म भुटान र [&hellip;]</p>

machhapuchreकाठमाडौं, ८ कात्तिक । माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ । भुटान तथा भारत बाहेकका देशहरुमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा सम्म भुटान र भारतबाहेकका मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ । नगद विदेशी मुद्राको उत्तम विकल्पको रुपमा यो कार्डलाई सहजरुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

Share News