महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

<p>चितवन  । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम मिटिङमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको अनुसार उक्त विषयवस्तुलाई लिएर छानबिनका लागि समिति पनि गठन गरिएको छ  र समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुन्जेलसम्मका लागि दत्त निलम्बनमा [&hellip;]</p>

चितवन  । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ ।

जुम मिटिङमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको अनुसार उक्त विषयवस्तुलाई लिएर छानबिनका लागि समिति पनि गठन गरिएको छ  र समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुन्जेलसम्मका लागि दत्त निलम्बनमा रहने छन् ।

Share News