स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोडको एफपिओ जारी गर्ने, १ अर्ब ९३ करोडको बोनस सेयर थपिने

<p>काठमाडौं, ७ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको पुँजी एफपिओबाट जुटाउने भएको छ । बैंकले आफ्नो वेवसाइडमा राखेको पुँजी वृद्धि योजनामा चालु आर्थिक वर्षभित्रै एफपिओ जारी गरी ३ अर्ब ३० करोड रुपैयाँ पुँजी वृद्धि गर्ने जनाएको छ । त्यस्तै बैंकले गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफासहित [&hellip;]</p>

काठमाडौं, ७ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको पुँजी एफपिओबाट जुटाउने भएको छ । बैंकले आफ्नो वेवसाइडमा राखेको पुँजी वृद्धि योजनामा चालु आर्थिक वर्षभित्रै एफपिओ जारी गरी ३ अर्ब ३० करोड रुपैयाँ पुँजी वृद्धि गर्ने जनाएको छ ।

scb-capital_planत्यस्तै बैंकले गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफासहित १ अर्ब ९३ करोड रुपैयाँ बराबरको बोनस सेयर थप्ने भएको छ ।
एफपीओ जारी गरेपछि यस बैंकमा नेपालीको सेयर हिस्सा वृद्धि हुने भएको छ । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको छ भने २५ प्रतिशत सेयर मात्र नेपालीको स्वामित्वमा छ ।

नेपाल राष्ट्र बैंक नीतिअनुसार २०७४ असार मसान्तभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि चार्टर्डले सेयर संरचना नै परिवर्तन गर्ने गर्दै आफू भने ग्रुपले नयाँ पुँजी लगानी नगर्ने नीति लिएको देखिएको छ । परिवर्तित सेयर संरचनामा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको कति हुने र नेपालीको कति हुने भन्ने स्पष्ट छैन । बैंकले एफपिओ जारी गरि प्रिमियमसहित ३ अर्ब ३० करोड पुँजी जुटाउने जनाएको छ ।

बैंकसँग अहिले दुई अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकले यो चुक्ता पुँजीको ३३.३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । वोनस सेयर वितरणपछि चुक्ता पुँजी ९४ करोड रुपैयाँले बढ्छ ।  एफपिओ जारी पछि ३ अर्ब ३० करोड रुपैयाँ जम्मा हुने र चालु आर्थिक वर्ष २०७३÷७४को नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको छ ।

Share News