कृषि तथा वन विज्ञान विश्वविद्यालयले चैत १६ गते दीक्षान्त समारोह गर्ने

<p>चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यही चैत १६ गते तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो । सो विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तिर्ण गरी ०७७ चैत ७ गतेदेखि ०७९ चैत ६ गते सम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु र सोही अवधिभित्र विद्यावारिधि [&hellip;]</p>

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यही चैत १६ गते तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।

सो विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तिर्ण गरी ०७७ चैत ७ गतेदेखि ०७९ चैत ६ गते सम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु र सोही अवधिभित्र विद्यावारिधि उत्तिर्ण गरेका विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिन पाउने जनाएको छ ।

समारोहमा भाग लिनको लागि विद्यार्थीहरुले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमार्फत अनलाइन आवेदन गर्नुपर्ने विश्विद्यालयको सूचनामा उल्लेख गरिएको छ ।

Share News