स्वाधिन अर्थतन्त्रलाई फूलको स्वागत, आत्मनिर्भर बन्ने बाटोमा पूष्प व्यवसाय

<p>काठमाडौं, ७ कात्तिक । बढ्दो व्यापार घाटाले थाला पर्दै गरेको अर्थतन्त्रलाई पूष्प व्यवसायले केहि राहत दिएको छ । फूलमा आत्मनिर्भर बनाउँदै पूष्प व्यवसायीले स्वाधिन अर्थतन्त्र निर्माणको जगलाई बलियो बनाउँदै लगेका हुन् । यसको प्रमाण हो फुल तथा फूलजन्य उत्पानको आयातमा भैरहेको कटौती । नेपालले आर्थिक गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा ६ करोड ४ लाख [&hellip;]</p>

godawari_flowerकाठमाडौं, ७ कात्तिक । बढ्दो व्यापार घाटाले थाला पर्दै गरेको अर्थतन्त्रलाई पूष्प व्यवसायले केहि राहत दिएको छ । फूलमा आत्मनिर्भर बनाउँदै पूष्प व्यवसायीले स्वाधिन अर्थतन्त्र निर्माणको जगलाई बलियो बनाउँदै लगेका हुन् । यसको प्रमाण हो फुल तथा फूलजन्य उत्पानको आयातमा भैरहेको कटौती ।

नेपालले आर्थिक गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा ६ करोड ४ लाख मूल्य बराबरको फूल तथा फूलजन्य उत्पादन मात्रै आयात गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब २ करोडले कम हो । आर्थिक वर्ष २०७१/७२ मा ८ करोड २१ लाख मूल्य बराबरको फूल तथा फूलजन्य उत्पादन आयात भएको थियो । यसरी आयात गरिएका उत्पादनमध्ये पनि थोरै मात्र तयारी फूल रहेका छन् । बाँकी फूलका बिरुवा रहेका छन् । नेपालमा गत आर्थिक बर्षमा एक अर्ब ३४ करोडको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसियन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

अध्यक्ष कुमार कसजु श्रेष्ठले भने ‘निरासा जनक वैदेशिक व्यापारमा पुष्प व्यवसायले उत्साह थपेको छ, हामी आत्मनिर्भर उन्मुख छौं ।’ उनले बर्षेनी ५ प्रतिशतका दरले फूलको आयात घटाउने अभियान सञ्चालन भैरहेको पनि बताए । नेपालमा फूलको बजार भने बर्षेनी १२ देखि १५ प्रतिशतले बढिरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार गोदावरी र मखमली फुलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । तिहारका समयमा सयपत्री फुलका २ लाख वटा माला मात्रै आयात गर्नुपर्ने अवस्था छ ।

नेपालको फूल बजारमा तिहारको हिस्सा १५ प्रतिशत रहेको छ । तिहारमा १० लाख माला खपत हुने उनले जानकारी दिए । तर नेपालमा दैनिक १५ हजार माला खपत भैरहेका छन् । नेपालको पुष्प व्यवसायमा ७ सय पुष्प व्यवसायीले ४ अर्ब भन्दा बढि लगानी गरेका छन् ।

Share News