काठमाडौं, ७ कात्तिक । बुम रेमिट्यान्स प्रालि र सिद्धार्थ डेभलपमेन्ट बंैक लिमिटेडबिच रेभिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम रकम सिद्धार्थ डेभलपमेन्ट बंैकका शाखाहरु मार्फत भुक्तानी दिईनेछ ।
साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक रुपमा समेत विप्रेषणको भुक्तानी गर्ने कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३१५० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । सो सम्बन्धी सम्झौता पत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरेका हुन् ।
हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, मालदिभ्सस, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।