काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १२ दशमलब शुन्य ८ अंकले घटेर १७८२ दशमलब ३९ अंकमा आइपुगेको हो ।
सो दिन होटल विकास बैंक समुह बाहेक सबै समुहका परिसूचकमा ओरालो लागेका छन् । बैंक समुह १७ दशमलब ९९ अंक, उर्जा २८ दशमलब ७६, फाइनान्स ४ दशमलब शुन्य ८, इन्स्योरेन्स १२ दशमलब १५ र अन्य समुह ९ दशमलब २५ अंकले घट्दा होटल समुह भने १५ दशमलब ८४ अंकले बढेको छ ।
विकास बैंक समुह पनि ८ दशमलब ७३ अंकले बढेको आइतबार १२६ कम्पनीको १० लाख कित्ता सेयर ९६ करोड ४५ लाख रुपैंयाँमा किनबेच भएको हो ।