आईएमई हात हुँदैन खाली योजनाको विजेता शेर्पा र श्रेष्ठ

<p>काठमाडौं, ७ कात्तिक । आईएमई लिमिटेडको हात हुँदैन खानी योजनाको तेश्रो र चौथो हप्ताका विजेता घोषणा गरिएको छ । दशैं तथा तिहारका अवसरमा कम्पनीले अघि सारेको प्रवद्र्धनात्मक योजनाको तेश्रो हप्ताको विजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका विजेता बन्न सफल भएका हुन् । शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ [&hellip;]</p>

काठमाडौं, ७ कात्तिक । आईएमई लिमिटेडको हात हुँदैन खानी योजनाको तेश्रो र चौथो हप्ताका विजेता घोषणा गरिएको छ । दशैं तथा तिहारका अवसरमा कम्पनीले अघि सारेको प्रवद्र्धनात्मक योजनाको तेश्रो हप्ताको विजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका विजेता बन्न सफल भएका हुन् ।

शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ २०, ६०९ र श्रेष्ठले २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नेछन् । आइमएमइले असोज १ गतेदेखि असोज ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालन गरेको थियो ।

नेपालमा १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राहीलाई यसमा समावेश गरिएको थियो । आईएमईले उपभोक्तालाई टि सर्ट तथा दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराएको थियो ।

Share News