ललितपुरको युलेन्स स्कुलको दोस्रो युनिट काठमाडौंको बाँसबारीमा

<p>काठमाडौं । ललितपुरको युलेन्स स्कुलले आफ्नो दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ। गत शनिबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सो युनिटको उद्घाटन गरेकी थिइन् । बाँसबारीमा रहेको उक्त युनिटमा कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने स्कुलले जनाएको छ । सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको [&hellip;]</p>

काठमाडौं । ललितपुरको युलेन्स स्कुलले आफ्नो दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ। गत शनिबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सो युनिटको उद्घाटन गरेकी थिइन् ।

बाँसबारीमा रहेको उक्त युनिटमा कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने स्कुलले जनाएको छ । सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको युलेन्समा अभिभावक, कर्मचारी र युलेन्स फाउन्डेसन लगायत सबैको मेहनतका कारण दोस्रो युनिट सञ्चालन गर्न सफल भएको राणाले बताएकी थिइन् ।

उद्घाटन कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सञ्चालनमा ल्याएको स्कुलले जनाएको छ ।

युलेन्स एजुकेशन फाउण्डेशनका अध्यक्ष सोम पनेरुले लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षाको सबैको पहुँच दिलाउने उदेश्यले सञ्चालन भएको युलेन्स स्कुलको दोस्रो युनिट सुरु हुनु सफलता भएको बताएका थिए ।

परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले नेपालको गुणस्तरीय शिक्षामा पुहुँच दिलाउने उदेश्यले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर सो स्कुल को शूरुवात भएको थियो । युलेन्स गैरनाफामुलुक स्कुल हो।

Share News