काठमाडौं । स्किल वीक चौथौं संस्करण यही मार्च १३ देखि १९ सम्म सञ्चालन हुने भएको छ ।
कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक ग्लोकल आफ्टर स्कुल जनाएको छ ।
१६ देखि ३० वर्षका व्यक्तिले कार्यक्रममा निःशुल्क रूपमा सहभागिता जनाउन सक्ने र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्ने जनाइएको छ ।
‘यो युवाका लागि एक खुला मञ्च हो । युवाले सीपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवं सीपको महत्वका बारेमा जानकारी पाउनेछन्, स्किल वीकले युवालाई विभिन्न सीपका बारेमा अन्वेसन गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्नेछ,’ आयोजकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
कार्यक्रममा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधिका क्षेत्रमा प्रदर्शन समेत हुने जनाइएको छ ।