गफमै समित चिनियाँ इन्धन, चीननबाट इन्धन ल्याउने विषय सरकारी कर्मचारीको घुमघाम मात्रै

<p>काठमाडौं ७, कात्तिक । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक वर्ष पुग्दा पनि प्रगति शून्य छ । चिनियाँ इन्धन आयातबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटकपटक चीन भ्रमण गरे । नियमदेखि मन्त्रालयसम्मका अधिकारी महँगा होटेलको खर्च र आकर्षक भत्ता पनि [&hellip;]</p>

काठमाडौं ७, कात्तिक । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक वर्ष पुग्दा पनि प्रगति शून्य छ । चिनियाँ इन्धन आयातबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटकपटक चीन भ्रमण गरे ।

नियमदेखि मन्त्रालयसम्मका अधिकारी महँगा होटेलको खर्च र आकर्षक भत्ता पनि बुझे । तर, इन्धन आयात गर्ने विषय अझै अन्योलमा रहेको समाचार आइतबारको अन्नपूर्ण पोष्टमा छापिएको छ ।petrol_pump

यसै विषयमा अध्ययन गर्न आपूर्ति र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित समिति पनि गठन भयो। व्यपार गर्ने विषयमा चीन सरकारको स्वामित्वमा भएको पेट्रो चाइना र निगमबीच द्विपक्षीय सहमति भएको एक वर्ष वितिसक्दा पनि इन्धन आयात हुने या नुहेन निश्चित भएको छैन।

अहिले चीनबाट इन्धन आयात गरी बिक्री गर्ने विषय गफमै सीमित बन्न पुग्यो। इन्धनमा भारतमाथि परनिर्भर रहेको नेपाललाई भारतीय एकाधिकार हटाउन चीनबाट इन्धन आयात गर्ने विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकमालमा निकै हल्लासहित तयारीसमेत भएको थियो ।

Share News