निजी स्तरका विद्यालयमा पनि राज्यले लगानी गर्नुपर्छ : सांसद पौडेल

<p>काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । सरकारी विद्यालयको साथै निजी स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनु पर्ने आबश्यकता औल्याएका छन् । शनिबार ज्ञान चक्षु ईङ्लिस स्कुलको १७ औ वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । सरकारी विद्यालयको साथै निजी स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनु पर्ने आबश्यकता औल्याएका छन् ।

शनिबार ज्ञान चक्षु ईङ्लिस स्कुलको १७ औ वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पौडेलले सरकारी विद्यालय भन्दा निजी स्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो बताए । तर निजी विद्यालयको शुल्क महंगो भएको र अभिभावकले तिर्न कठिन भएकोले यसमा पनि राज्यको लगानी आवश्यक रहेको उनले औल्याएका हुन् ।

Share News