काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टरनेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए ।
प्रतियाेगिताका विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार जितेको छ । त्यस्तै, उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ ।
प्रतियाेगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौं कलेजका तेन्जिन शेर्पाले जितेका छन् भने उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाएका छन् । यस्तै, उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जितेका छन् ।
प्रतियाेगिताको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स र टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो ।