
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षो परीक्षा वैशाख २६ गतेदेखि हुने बताएको छ ।
बोर्डका अनुसार वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा लगभग चार लाख १० हजार हजार परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
बोर्डका अनुसार गतसाल भएको परीक्षामा भन्दा यसपटक १० हजार विद्यार्थी बढेका छन् ।