लघुवित्त वित्तिय संस्था : बैंकिङ्ग क्षेत्रमा क्रान्तिकारी परिवर्तन

<p>नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई ४ वर्गमा विभाजन गरेको छ । जसमा, ‘क’ वर्गका वाणिज्य बैंकहरु, ‘ख’ वर्गका बिकास बैंकहरु, ‘ग’ वर्गका फाईनान्स कम्पनीहरु र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त भएको वित्तिय संस्था लघुवित्त [&hellip;]</p>

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई ४ वर्गमा विभाजन गरेको छ । जसमा, ‘क’ वर्गका वाणिज्य बैंकहरु, ‘ख’ वर्गका बिकास बैंकहरु, ‘ग’ वर्गका फाईनान्स कम्पनीहरु र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् ।

नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त भएको वित्तिय संस्था लघुवित्त वित्तिय संस्था हो । हाल नेपालमा ६५ भन्दा बढी लघुवित्त वित्तिय संस्थाहरु रहेका छन् । लघुवित्त वित्तिय संस्थाले विपन्न तथा न्यून आयस्तर भएका व्यक्ति तथा महिलाहरुलाई सदस्य बनाई नियमित बचत संकलन गरी सामुहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने गरेका छन् । सामुहिक सदस्य तथा ब्यक्तिगत सदस्यहरुलाई स्वीकारयोग्य धितो लिई लघुउघम तथा लघु व्यवसाय संचालन गर्न धितो कर्जा प्रवाह गर्ने गर्छन् ।

लघुवित्त वित्तिय संस्थाले बिशेष गरी विनाधितो कर्जा उपलब्ध गराउने गर्दछन । लघुवित्त वित्तिय संस्थाहरुले नेपालको विभिन्न भु-भागमा तथा गाँउघरमा गई वित्तिय साक्षरता प्रदान गर्ने, वित्तिय शिक्षा प्रदान गर्ने, वचत संकलन गर्ने, विनाधितो कर्जा दिने, धितोमा कर्जा दिने कार्य गर्दै आईरहेका छन् । नेपालमा गरिबी न्यूनिकरणको पहलका लागि धेरै कार्यक्रमहरु लागु भएतापनि लघुवित्तका कार्यक्रमहरु गरिब र ग्रमिण क्षेत्रमा मात्र आधारित छन् ।

लघुवित्त बैंकिङ्ग सेवाले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई वित्तीय सेवा तथा कृषि उत्पादन गर्नमा सहज र सुरक्षित गर्नका लागि मार्गदर्शन प्रदान गर्दछ । नेपालमा लघुवित्त बैंकिङ्ग सेवाको सुरुवातले औपचारिक बैंकिङ्ग सेवाहरूमा पहुँच नभएकाहरूलाई नयाँ वित्तीय समाधान प्रदान गर्न मद्दत गरेको छ ।

साथै, ग्रामीण क्षेत्रका लागि भरपर्दो, सुरक्षित र सुविधाजनक बैंकिङ्ग सेवाहरु प्रदान गर्दछ । विभिन्न उत्पादन र सेवाहरू प्रदान गर्दै लघुवित्त बैंकिङ्गले नेपालको बैंकिङ्ग क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्दै यसलाई थप समावेशी बनाएको छ । लघुवित्त वित्तिय संस्थाले नेपालको ग्रामीण क्षेत्रको विकासलाई बढावा दिएको छ । लघु कर्जा र वित्तीय सेवामा पहुँच प्रदान गरेर लघुवित्तले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।

लघुवित्तलाई विशेष गरी प्रभावकारी विकास पूर्वाधारका रुपमा मान्यता प्रदान गरिएको छ । जसमा, लघुवित्त वित्तिय संस्थाहरुमार्फत उपलब्ध गराईने सेवाहरुलाई विशेष गरी गरिब र अति गरिबलाई लक्षित गर्ने, लक्षित समुदायको सामाजिक, आर्थिक स्थितिमा महत्वपूर्ण योगदान पुर्याउने र लघुवित्त बैंकिङ्ग सेवाहरु प्रदान गर्ने संस्थाहरु केही बर्षभित्रै, निरन्तर बढ्दो पहुँचको साथ दिगो संस्थाहरुमा विकास गर्न सकिन्छ ।

लघुवित्त वित्तिय संस्थाहको उद्देश्यहरु : 

१. लक्षित क्षेत्रका महिलाहरुको आवश्यकता र तिनिहरुको सशक्तिकरण प्रक्रियामा संवेदनशील बनाउन,

२. सदस्यहरु माझ सामुहिक भावना पैदा गर्न,

३. सदस्यहरुको आत्मविश्वास र क्षमता अभिवृदि गर्न,

४. सदस्यहरुमा सामुहिक निर्णय क्षमताको विकास गर्न,

५. महिलाहरुमा बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने र उनीहरुको आफ्नै पूँजी स्रोतको आधार सञ्चय गर्न सहजीकरण गर्न,

६. महिलाहरुलाई विशेष गरी महिला विकाससँग सम्बन्धित सामाजिक जिम्मेवारीहरु लिन उत्पे्ररित गर्न,

७. कर्जालाई सहि कार्यका लागि उपयोग गरी आयस्तर अभिवृद्धि गर्न,

८. भविष्यमा पर्नसक्ने जोखिमलाई सामना तथा आत्मविश्वास बढाउन उत्प्रेरित गर्न,

९. कर्जाको सहि सदुपयोग गराई आत्मसम्मान तथा आत्मनिर्भरता पुरा गर्नका लागि मद्धत गर्न,

१०. नेपालको ग्रामीण तथा पिछडीएको क्षेत्रको गरिवी निवारणमा महत्वपुर्ण योगदान गर्न,

लघुवित्त क्षेत्रका चुनौतीहरु : 

१. नेपालको भौगोलिक अवस्थाहरु,

२. कर्मचारीहरुको सुरक्षाको कमी,

३. वित्त कम्पनीहरुसगंको प्रतिस्पर्धा,

४. कर्मचारीहरुलाई आवश्यक तालिम र तथा दक्ष कर्मचारीको अभाव,

५. लघुवित्त वित्तिय संस्था सेवामुखी भन्दा नाफामुखी हुनु,

६. सदस्यहरुमा कर्जाको दोहोरोपना हुनु,

७. कर्जा लगानी पश्चात कर्जाको सदुपयोगिता निरक्षण नहुनु,

८. लघुवित्त संस्थाहरु बिरुद्ध संघर्ष समितिहरुको उदय हुनु,

लघुवित्त क्षेत्रका चुनौतीहरु समाधानका उपायहरु :

१. उचित नियमन

२. फिल्डको सुपरिबेक्षण

३. व्याजदरको पारदर्शिता

४. दक्ष कर्मचारी तथा उचित तालिमको व्यवस्था

५. नाफामुखी नभई सेवामुखी हुनुपर्ने,

६. लघुवित्त संस्थाहरु बिरुद्ध संघर्ष समितिहरुलाई कानुनी सजाय,

कर्जाहरुको वर्गीकरण :

लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनु पर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ । असल र सूक्ष्म निगरानी मा रहेका कर्जालाई ‘सक्रिय कर्जा’ र कमसल, शंकास्पद तथा खराब कर्जालाई ‘निष्क्रिय कर्जा’ भनिन्छ ।

(लामिछाने  हाल लघुवित्त वित्तिय संस्थामा कार्यरत छन् ।)

Share News