माथिल्लो तामाकोसी २०७५ असारसम्ममा, लोडशेडिङको समस्यामा राहत हुने

<p>काठमाडौं ५, कात्तिक । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ । डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो । भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने [&hellip;]</p>

काठमाडौं ५, कात्तिक । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ ।upper-tama-koshi

डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो ।

भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ ।

भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्‍याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो । कारोबार दैनिकबाट।

Share News