युएईलाई हराउँदै नेपाल यू–१९ को विश्वकप खेल्ने सपना साकार

<p>काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । बिहीबार नेपालले यूएईलाई पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सपना साकार पारेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट ग¥यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा [&hellip;]</p>

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । बिहीबार नेपालले यूएईलाई पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सपना साकार पारेको हो ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट ग¥यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पु¥याएका हुन् ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

Share News