हामीनिटको प्रदर्शनी तथा बिक्री मेला भोलिदेखि शुरु

<p>काठमाडौं, ४ कात्तिक । जोरपाटी स्थित हामीनिटले ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । यहि कात्तिक ५, ६ र ७ गते तीन दिन सम्म उक्त मेलाको आयोजना गर्न लागेको छ । पिस ब्याङ्कवेटको हल जोरपाटी एभरेष्ट बैंकको पछाडीे हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, [&hellip;]</p>

himnitकाठमाडौं, ४ कात्तिक । जोरपाटी स्थित हामीनिटले ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । यहि कात्तिक ५, ६ र ७ गते तीन दिन सम्म उक्त मेलाको आयोजना गर्न लागेको छ । पिस ब्याङ्कवेटको हल जोरपाटी एभरेष्ट बैंकको पछाडीे हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बृहत प्रदर्शनी तथा बिक्री मेला गर्न लागेको हो ।

himinit1

हामीनिट ब्राण्डले नजिकिदै गरेको जाडो यामलाई मध्येनजर गरि आम नेपालीका माझमा आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताइन् । मेलामा २०० रुपैयाँ देखि २००० रुपैयाँ सम्मका कपडाहरु विशेष छुट गरि प्रदर्शनीमा राख्न लागिएको उनले बताइन् । हामीनिटका के.एल.टावर चुच्चेपाटी र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा छन् । साथै छिट्टै नै शान्ता प्लाजा ज्ञानेश्वर र बौद्ध मार्ट, बौद्धमा पनि आउटलेट संचालन गर्ने बुढाथोकीले जानकारी गराएकी छन् ।

Share News