सिनर्जी फाइनान्सले हकप्रद निष्कासन गर्दै, मंसिर ५ गते विशेष साधारणसभा

<p>काठमाडौं, ४ कात्तिक । सिनर्जी फाइनान्सले १ बराबर शून्य दशमलब २५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बैठकको निर्णयलाई राष्ट्र बैंक तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । फाइनान्सको आगामी विशेष साधारणसभा मंसिर ५ गते हुने भएको छ । हाल [&hellip;]</p>

काठमाडौं, ४ कात्तिक । सिनर्जी फाइनान्सले १ बराबर शून्य दशमलब २५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
senergy_fin
उक्त बैठकको निर्णयलाई राष्ट्र बैंक तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । फाइनान्सको आगामी विशेष साधारणसभा मंसिर ५ गते हुने भएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर १७६ रुपैयाँमा किनबेच भएको छ ।

Share News