काठमाडौं, ४ कात्तिक । यो साताको शुरुवात देखिनै राताम्मे भएको सेयर बजारले अन्तिम दिन भने हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । परिसूचक ६ दशमलब ५८ अंकले उकालो लागेर १७९४ दशमलब ४७ अंकमा पुगेको छ ।

बुधबारको तुलनामा बिहीबार करिब १५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ७ लाख ८७ हजार कित्ता सेयर ७० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सो दिन होटल, उत्पादनमूलक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२७ अंकले उकालो लागेको छ । त्यस्तै सबैभन्दा बढी होटल समूहको परिसूचक ४२ अंकले ओरालो लागेको छ ।
बजारमा एभरेष्ट बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ३० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकको ५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सो दिन रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था र कामना विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । स्वरोजगार लघु वित्त विकास बैंकका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएको छन् ।