काठमाडौं, ४ कात्तिक । स्ट्याण्डार्ड चाटर्ड बैंकले सेयरधनीलाई ३५ दशमबल ८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलब ३३ प्रतिशत बोनसका साथै कर प्रयोजनको लागि १ दशमलब ७५ प्रतिशत नगद लाभांश सहित सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
उक्त निणर्य बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै बैंकले प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने निणर्य गरेको छ । तर बैंकले अहिले सम्म कति अनुपातमा एफपिओ जारी गर्ने भनेर खुलाएको छैन । बैंकको एफपिओ जारी गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिनु पर्ने जनाइएको छ ।