महासंघमा अध्यक्ष चुन्ने मताधिकार खोसिदै, विशेष साधारणासभा पूर्व अध्यक्षहरुले बहिस्कार गरे, पत्रकारलाई पनि निषेध

<p>काठमाडौं, ४ कात्तिक । निजी क्षेत्रको सबैभन्दा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चुन्ने मताधिकार महासंघका सदस्यहरुले गुमाउने भएका छन् । महासंघको आज बसेको विशेष साधारणसभाले विधान संशोधन गरि वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव पारित गर्दैछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने बैधानिक बाटो खुला गर्ने प्रमुख उदेश्यसहित बोलाईएको विशेष साधारणसभामा अधिकांश [&hellip;]</p>

fncciकाठमाडौं, ४ कात्तिक । निजी क्षेत्रको सबैभन्दा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चुन्ने मताधिकार महासंघका सदस्यहरुले गुमाउने भएका छन् । महासंघको आज बसेको विशेष साधारणसभाले विधान संशोधन गरि वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव पारित गर्दैछ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने बैधानिक बाटो खुला गर्ने प्रमुख उदेश्यसहित बोलाईएको विशेष साधारणसभामा अधिकांश पूर्वअध्यक्षहरुले बहिस्कार गरेका छन् । पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मूल्मी, प्रदीप कुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, कुशकुमार जोशीले विशेष साधारणसभा वहिस्कार गरेका घोषणा गरेका छन् । उनीहरुले विधान संशोधनको विषयमा आफूसँग परामर्श नै नगरेको बताएका छन् ।

निर्वतमान अध्यक्ष सुरज बैद्यले पनि विशेष साधारणसभा वहिस्कार गरेका छन् । पूर्वअध्यक्ष विनोद कुमार चौधरी महासंघका कार्यक्रममा जादैनन् ।

‘निजी क्षेत्रको छाता संगठनमा अध्यक्ष चयन गर्ने मताधिकार खोस्ने उदेश्यले आयोजना गरिएको विशेष साधारणसभामा किन जान ?’ एक पूर्व अध्यक्षले भने–‘हामी प्रत्यक्ष निर्वाचनबाट चुनिएर अध्यक्ष बनेका थियो, महासंघका सदस्यको अध्यक्ष चुन्ने अधिकार खोस्ने प्रयास अप्रजातान्त्रिक छ । अप्रजातान्त्रिक कदमका साक्षी बस्न किन जाने ?’

विधान संशोधन संमितिको संयोजक रहेका पूर्व अध्यक्ष चण्डिराज ढकाल र रविभक्त श्रेष्ठ मात्र विशेष साधारणसभामा सहभागी भएका छन् । मुलुक संघीयतामा गएपछि महासंघलाई पनि संघीय संरचनामा लैजान, महासंघको सदस्यता वृद्धिसँगै निर्वाचन पद्धतिलाई पनि सुधार गर्दै संस्थालाई बलियो बनाउन विधान संशोधन जरुरी भएको ढकालले बताए ।

विधान संशोधनको विषयमा चर्को विवाद हुने देखिएपछि महासंघले विशेष साधारणसभालाई बन्द सत्रमा सीमित गरेको छ । महासंघ भित्रको विवाद वाहिर सार्वजनिक हुने डरले विशेष साधारणसभामा पत्रकारहरुलाई निषेध गरिएको छ । रिपोटिङका लागि विशेष सधारणसभामा स्थल आर्मी क्लब पुगेका पत्रकारलाई सभाहलमा प्रवेश गर्न दिइएन ।

याे पनि पढ्नुहाेसःमहासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

Share News