मञ्जुश्री फाइनान्सले कमायो ९० लाख

<p>काठमाडौं, ४ कात्तिक मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ९० लाख नाफा कमाएको छ । फाइनान्सले गत आवको सोही अवधीमा पनि ९० लाख नै नाफा कमाएको थियो । फाइनान्सले तीन महिनामा २ अर्ब ६३ करोड निक्षेप संकलन गरेर २ अर्ब ३२ करोड कर्जा तथा लगानी गरेको छ । २५ करोेड चुक्ता पुँजी रहेको [&hellip;]</p>

manjushreeकाठमाडौं, ४ कात्तिक मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ९० लाख नाफा कमाएको छ । फाइनान्सले गत आवको सोही अवधीमा पनि ९० लाख नै नाफा कमाएको थियो ।

फाइनान्सले तीन महिनामा २ अर्ब ६३ करोड निक्षेप संकलन गरेर २ अर्ब ३२ करोड कर्जा तथा लगानी गरेको छ । २५ करोेड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १२ करोड रुपैंयाँ रहेको छ ।

फाइनान्सको प्रति सेयर आम्दानी १४ रुपैंयाँ ४८ पैसा छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ २१ पैसा रहेको छ । फाइनान्सको सेयर प्रति कित्ता ४२० रुपैंयाँमा कारोबार भैरहेको छ ।

Share News