जेट एयरवेजले सार्क र खाडी क्षेत्रमा थप उडमा गर्ने

<p>काठमाडौं, ३ कार्तिक। जेट एयरवेजले सार्क तथा खाडी मुलुकहरुमा थप सेवा विस्तार गर्ने भएको छ।  आगामी अक्टोबर ३० देखि एयरलाइन्सले मुम्बई तथा नयाँ दिल्लीबाट काठमाडौंको उडान संख्यामा बृद्धि गर्ने जनाएको छ। जसअनुसार मुम्बई काठमार्डौ दैनिक दुई उडान तथा दिल्ली काठमाडौं दैनिक तीन उडान हुनेछन् । कम्पनीले खाडी तथा केरालाको उडान संख्यामापनि उल्लेख्य बृद्धि हुने जनाएको छ [&hellip;]</p>

काठमाडौं, ३ कार्तिक। जेट एयरवेजले सार्क तथा खाडी मुलुकहरुमा थप सेवा विस्तार गर्ने भएको छ।  आगामी अक्टोबर ३० देखि एयरलाइन्सले मुम्बई तथा नयाँ दिल्लीबाट काठमाडौंको उडान संख्यामा बृद्धि गर्ने जनाएको छ। जसअनुसार मुम्बई काठमार्डौ दैनिक दुई उडान तथा दिल्ली काठमाडौं दैनिक तीन उडान हुनेछन् ।

Image result for jet airways

कम्पनीले खाडी तथा केरालाको उडान संख्यामापनि उल्लेख्य बृद्धि हुने जनाएको छ । अब तिरुवन्तपुरमबाट दुबई तथा दोहामा दैनिक सेवा उपलव्ध हुनेछ। यस अघि जेट एयरलाइन्सले कोजीकोदेबाट युएइको सारजाहसम्म दैनिक सेवा सुरु गरेको थियो।
थप गरिएका उडानसँगै सार्क मुलुकमा जेट एयरलाइन्सको साप्ताहिक उडान संख्या एकसय ४० पुगेको छ, जसमध्ये आधा उडान नेपालमा हुने कम्पनीले जनाएको छ।
नेपालमा पर्यटकको लागि धेरै उडानको माग भएका कारण काठमाडौंमा थप उडान भर्न लागेको जेट एयरवेजका चिफ कमर्सियल अफिसर  जयराज सान्मुगामले बताए। उनले गल्फ र सार्क क्षेत्रमा सवैभन्दा व्यस्त रुटमा थप सेवा दिनु चुनौतिपूर्ण रहेको र यसका लागि एयरलाइन्सको क्षमता तथा सेवाको गुणस्तरमा कुनै कसर बाँकि नराख्ने बताए।
यात्रुहरुलाई दीगो तथा स्तरीय सेवाउपलव्ध गराउने रणनीति अन्तर्गत थप उडानको व्यवस्थागरिएको जेट एयरलाइन्सले उल्लेख गरेको छ। जेट एयरवेजले यो रुटमा नेक्स्ट जेनेरेसनको बोइङ ७३७-८०० एयरक्राफ्टले सेवा दिने बताएको छ।

Share News