रिद्धि सिद्धि सिमेन्टद्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

<p>मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । नेपालमा पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले मकवानपुर, मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी [&hellip;]</p>

मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

नेपालमा पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले मकवानपुर, मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरुले लाभाम्वित हुने गरि हामीले यो शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।’

उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकाशका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।

Share News