बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले माग्यो कार्यकारी निर्देशक

<p>काठमाडौं । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यकारी निर्देशक पदका लागि आह्वान गरेको छ । उर्जा, जलस्रोत तथा सिंचार्य मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । सूचना जारी भएको १५ दिनभित्र मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा १० वर्ष [&hellip;]</p>

काठमाडौं । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यकारी निर्देशक पदका लागि आह्वान गरेको छ । उर्जा, जलस्रोत तथा सिंचार्य मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।

सूचना जारी भएको १५ दिनभित्र मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएका उम्मेद्वारले उम्मेद्वारी दिन सक्ने सूचनामा उल्लेख छ ।

बैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक माग गरेको उल्लेख छ ।

इच्छुक उम्मेदवारहरुले आफ्नो हस्ताक्षरसहितको बायोडाटा, दुई हजार शब्दमा नबढाइ लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजना प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत रहेको भए सो संस्थाको सहमति र नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरु पेश गर्नुपर्नेछ ।

Share News