शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा ठकुरी

<p>काठमाडौं । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेसीको ब्राण्ड एम्बेस्डरमा सुरजसिँह ठकुरी नियुक्त भएका छन् । कन्सल्टेन्सीले आज राजधानीमा एक समारोहको आयोजना गरेर ठकुरीसँगको सम्झौतामा हस्ताक्षर गरेको छ । ‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा [&hellip;]</p>

काठमाडौं । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेसीको ब्राण्ड एम्बेस्डरमा सुरजसिँह ठकुरी नियुक्त भएका छन् । कन्सल्टेन्सीले आज राजधानीमा एक समारोहको आयोजना गरेर ठकुरीसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले भने, ‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ, यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन ।’

‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु’, उनले भने ।

त्यस्तै, समारोहलाई सम्बोधन गर्दै लक्ष्य प्राप्तीका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैँ सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्ण रुपमा बुझेका छन् भन्ने बताएका थिए । ‘उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन्, हाम्रो ब्रान्ड एम्बेसडरको रुपमा उनलाई स्वागत गर्न पाउँदा हामी गर्वित छौँ’, निर्देशक सुभेन्द्र थापाले भने ।

साथै, उनले विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेको बताए । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने आफ्नो अनुमान रहेको उनले बताएका थिए ।

शुभगृहमा आफ्नो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् भन्ने रहेको निर्देशक थापाको भनाइ थियो । शुभगृह संस्थापक सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्नमा महत्वपूर्ण भूमीका खेलेको छ र सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त’ गरेको छ ।

Share News