बजार घट्दा दुई कम्पनीको सेयर मूल्य १०%ले वृद्धि, होटल बाहेक सबै परिसूचक ओर्लिए, ५६ करोडको कारोबार

<p>काठमाडौं, ३ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । बुधबार नेप्से परिसूचक ४ दशमलब ८४ अंकले घटेर १७८७ अंकमा झरेको छ । सो दिन १२१ कम्पनीको ८ लाख ५० हजार कित्ता सेयर ५६ करोड रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा परिसूचकमा केही सुधार नदेखिए पनि कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । [&hellip;]</p>

काठमाडौं, ३ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । बुधबार नेप्से परिसूचक ४ दशमलब ८४ अंकले घटेर १७८७ अंकमा झरेको छ । सो दिन १२१ कम्पनीको ८ लाख ५० हजार कित्ता सेयर ५६ करोड रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा परिसूचकमा केही सुधार नदेखिए पनि कारोबार रकममा भने केही सुधार भएको देखिन्छ ।

nepse_wed1निरन्तर घटिरहेको बजारमा पनि बुधबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था र कामना विकास बैंकको सेयर मूल्य क्रमशः १० र ९.७५ प्रतिशतले बढेको हो । विजया लघुवित्त वित्तिय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले क्रमश ४.४६ र ४.२५ प्रतिशत गुमाएका छन् ।

nepse_wed2सो दिन होेटल समूह बाहेक बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५७.१३ अंकले ओरालो लागेको छ भने अन्य बाकी समूहको परिसूचक समान्य अंकले ओरालो लागेका छन् । होेटल समूहको परिसूचक भने २.२५ अंकले उकालो लागेको छ ।
nepse_wed

Share News